neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शाखा सडकबाट मुल सडकमा निस्कने सजिलो ट्राफिक नियम पर्ख, हेर र जाऊ

शाखा सडकबाट मुल सडकमा निस्कने सजिलो ट्राफिक नियम पर्ख, हेर र जाऊ

Oct 15th, 2020

काठमाडौ, असोज २९

शाखा सडकबाट मुल सडकमा सहजै निस्कने ट्राफिक काईदा पर्ख, हेर र जाउँ नियम तपाईले पालना गर्नुभयो त । हो, यस्तै नियम पालना गराउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको भित्री सडकबाट मुख्य सडकहरू निस्कने जक्सनमा पर्ख, हेर र जाऊ (स्टप, लुुक एण्ड गो) लेखिएको संकेत बोर्डहरू थप १०० स्थानमा राखेको छ ।

“सवारी चालकले भित्री सडकबाट मुख्य सडकहरूमा निस्कँदा पर्ख, हेर र जाउँ भन्ने ट्राफिक नियमको पालना नगर्दा त्यस्ता चोक जक्सनमा ट्राफिक जामतथा सवारी दुर्घटना हुने गरेको पाईन्छ ।”महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले भने – ‘सवारी चालकहरूलाई स्वअनुशासित बनाई काठमाडौं उपत्यकाको ट्राफिक चाप व्यवस्थित गर्न तथा चोक जक्सनमा हुने सवारी दुर्घटना न्यूनिकरण गर्न त्यस्ता ट्राफिकमैत्री संकेत बोर्डहरू निर्माण गरी राखिएको हो ।’

यस्ता बोर्डहरू बानेश्वर, कोटेश्वर, बौद्ध, एयरपोर्ट, यूएन पार्क, भैसेपाटी, पुल्चोक, झम्सीखेल, भद्रकाली, पाको, नैकाप, बाफल, किर्तिपुर, सुकेधारा लगायत उपत्यकाको विभिन्न स्थानका शाखा वा भित्री सडकको मुखैमा राखिएको महाशाखाका प्रवक्ता एसपी रामेश्वर प्रसाद यादवले जानकारी दिए । उनले भित्री वा शाखा सडकबाट मूल सडकमा निस्कने सवारी चालकहरूले स्वअनुशासित भई उक्त नियम पालना गरी सभ्य सडक संस्कृतिको विकास गरिदिनुहुन विशेष अनुरोध पनि गरे ।

उक्त बोर्डहरू यसअघि पनि ट्राफिक महाशाखाले लकडाउनको अवधिमा २५० स्थानमा राखिसकेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi