neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा थपिए १९३५ संक्रमित

काठमाडौं उपत्यकामा थपिए १९३५ संक्रमित

Oct 15th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २९ असोज

बिहीबार काठमाडौंमा उपत्यकामा थप १९३५  जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १९३५  जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका १६९२ जना, ललितपुरका १०८  र भक्तपुरका १३४ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि बुधवार उपत्यकामा १४०३ सङ्क्रमित थपिएका थिए।

नेपालमा बिहीबार थप ३७४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या १ लाख २१ हजार ७४५ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५६४ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ८४ हजार ५१८   पुगेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi