neapl investment mega bank
  • गृहपृष्ठ
  • तीन जना पत्रकारमाथि भएको आक्रमणको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

तीन जना पत्रकारमाथि भएको आक्रमणको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

Oct 15th, 2020

काठमाडौ, असोज २९

सिन्धुपाल्चोकमा निर्माणाधीन माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाबाट विस्थापित स्थानीयको बारेमा समाचार संकलनका लागि पुगेका ३ जना पत्रकारमाथि एक अराजक समुहले गरेको आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टी सिल्डुङस्थित निर्माणाधीन माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाबाट विस्थापित भएका स्थानीयसँग कुराकानी गरिरहेको अवस्थामा सो समुहले गोरखापत्रका सम्वाददाता चित्र मिजार, कान्तिपुर दैनिकका सम्वाददाता अनिश तिवारी र एपीवान टीभीका पत्रकार निरोज चौलागाईलाई २०७७ असोज २७ गते दुव्र्यवहार र हातपात गर्दै पत्रकारको सवारी साधानमा समेत तोडफोडको प्रयास गरेका थिए ।

नागरिकलाई सुसूचित गर्ने कर्म निर्वाहमा जुटेका पत्रकारमाथि गरिएको यो हर्कतले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुनुका साथै नागरिकको सुसूचित हुने अधिकारमाथि समेत आघात पुगेको महासंघको ठहर छ । महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई आघात पु¥याउने यस्ता घटनाको कडा भत्र्सना गर्दछ । घटनामा संलग्न समुहको पहिचान गरी कानुनी दायरामा ल्याउन तथा निर्वाध र निर्भीकरूपमा प्रेस स्वतन्त्रताको उपभोगको वातारण निर्माण गर्न महासंघ सरकारसँग माग समेत गरेको छ ।