आधारभूमि संवाददाता
काठमाडौं, २९ असोज
भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ७३ लाख ७ हजार भन्दा बढी पुगेको छ । स्रोतको अनुसार कुल सङ्क्रमितको संख्या ७३ लाख ७ हजार ९७ पुगेको हो । ती मध्ये ६७ हजार ७०८ जना पछिल्लो २४ घण्टामा थपिएका छन् ।
कुल सङ्क्रमित मध्ये ८ लाख १२ हजार ३९० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यस बाहेक ६३ लाख ८३ हजार ४४२ जना सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा अहिलेसम्म १ लाख ११ हजार २६६ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको छ । ती मध्ये ६८० जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ८१ लाख ५० हजार ४३ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख २१ हजार ८४३ पुगेको छ ।