neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • एमबाप्पे र ग्रिजम्यानको गोलमा फ्रान्सको जित

एमबाप्पे र ग्रिजम्यानको गोलमा फ्रान्सको जित

Oct 15th, 2020

आधारभूमि संवाददाता
काठमाडौं, २९ असोज

विश्व विजेता फ्रान्सले युइएफए नेसन्स लिगमा क्रोएसियालाई पराजित गरेको छ।बुधबार राति समूह ए थ्री अन्तरगत भएको खेलमा फ्रान्सले क्रोएसियालाई २–१ गोलले पराजित गरेको हो ।

फ्रान्सलाई जित दिलाउन ग्रिजम्यान र एमबाप्पेले एक/एक गोल गरे । क्रोएसियाका निकोला भ्लासिकले एक गोल फर्काए ।फ्रान्सले एक गोल पहिलो हाफमा र अर्को गोल दोस्रो हाफमा गरेको हो ।

खेलको आठौं मिनेटमा ग्रिजम्यानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ६४ मिनेटमा क्रोएसियाका भ्लासिकले गोल गर्दै खेल बराबरीमा फर्काए । केलियन एम्बाप्पेले ७९ औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । त्यसपछि कुनै गोल हुन सकेन र फ्रान्सले जित निकालेका हो ।

जितसंगै समूह ए थ्रीमा फ्रान्सले ४ खेलबाट १० अंक जोडेको छ र दोस्रो स्थानमा छ।शीर्ष स्थानको पोर्चुगलको पनि १० अंक छ ।तेस्रो स्थानको क्रोएसियाको ३ अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi