neapl investment mega bank
  • गृहपृष्ठ
  • सानिमा बैंकको नयाँ विस्तारित काउन्टर सप्तरीको बोदेबर्साइनमा

सानिमा बैंकको नयाँ विस्तारित काउन्टर सप्तरीको बोदेबर्साइनमा

Oct 14th, 2020

काठमाडौ, असोज २८

सानिमा बैंक लिमिटेडले बोदेबर्साइनमा आफ्नो विस्तारित काउन्टर स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकको बोदेबर्साइन विस्तारित काउन्टर आज बुुधबारदेखि औपचारिक रुपमा संचालनमा आएको हो ।

प्रदेश २, सप्तरी जिल्ला, बोदेबर्साइन नगरपालिका वडा नं. ५ स्थित, बोदेबर्साइन विस्तारित काउन्टरको समुद्घाटन बोदेबर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंहले गरेका हुुन । कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई विस्तारित काउन्टर संचालनमा आएकोमा मेयर सिंहले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले काउन्टरको सेवा सुचारु राख्न आग्रह गरे ।

हाल सानिमा बंैकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।