neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा थपिए १४०३ संक्रमित

काठमाडौं उपत्यकामा थपिए १४०३ संक्रमित

Oct 14th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २८ असोज

बुधवार काठमाडौंमा उपत्यकामा थप १४०३ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १४०३  जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका ९९६ जना, ललितपुरका ३०५  र भक्तपुरका १०२  जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि मंगलबार उपत्यकामा दुई हजार १२९ सङ्क्रमित थपिएका थिए।

नेपालमा बुधवार थप २६३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या १ लाख १७ हजार ९९६ पुगेको छ । पछिल्लो २४ घण्टामा २१७४  जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ८० हजार ९५४  पुगेको छ ।
हालसम्म १२ लाख ८४ हजार ३८ जनाको पीसीआर परीक्षण गरिएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi