काठमाडौँ, २८ असोज /रासस
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सानु शिवा पहाडीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । “हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ”, सामाजिक सञ्जाल ट्वीटरमा उहाँले भन्नुभएको छ, “उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”
लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित उहाँको आज उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको हो । उहाँ २०७४ सालमा भएको निर्वाचनमा समानुपातिकतर्फ नेपाल कम्युनिष्ट पार्टी९नेकपा०बाट सङ्घीय संसद्मा निर्वाचित हुनुभएको थियो ।