काठमाडौं, २८असोज
आधारभूमि संवाददाता
विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड ८३ लाख नाघेको छ ।
नेपाली समय बुधवार १२:०० बजे सम्म विश्वभरीमा तीन करोड ८३ लाख ७० हजार ४३४ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म दुई करोड ८८ लाख ५३ हजार ९८१ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ८४ लाख २५ हजार ५३२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६९ हजार ९७८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण १० लाख ९० हजार ९२१ व्यक्तिको मृत्यु भएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ८० लाख ९० हजार २५३ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख २० हजार ८७३ पुगेको छ ।
दोस्रो धेरै प्रभावित भएको भारतमा ७२ लाख ३९ हजार ३८९ जना सङ्क्रमित भएका छन् भने १ लाख १० हजार ६१७ जनाको मृत्यु भएको छ ।
त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५१ लाख १४ हजार ८२३ जना सङ्क्रमित भएका छन् भने एक लाख ५१ हजार ६३ जनाको मृत्यु भएको छ ।
स्रोत: वर्ल्डोमीटर