neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पुर्व उद्योगमन्त्री बस्नेतद्धारा हनुमन्ते गोदावरी खोला करिडोरको शिलान्यास

पुर्व उद्योगमन्त्री बस्नेतद्धारा हनुमन्ते गोदावरी खोला करिडोरको शिलान्यास

Oct 14th, 2020

आधारभूमि संवाददाता

भक्तपुर, असोज २८

पुर्व उद्योगमन्त्री महेश बस्नेतले हनुमन्ते गोदावरी खोला करिडोरको शिलान्यास गरेकाछन । भक्तपुर क्षेत्र नं २ को माननीय प्रतिनिधी सभा सदस्य समेत रहेका पुर्व उद्योग मन्त्री बस्नेतले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्वर ५ स्थित हनुमन्ते गोदावरी दोभान करिडोरको शिलान्यास गरेका हुन ।

उक्त कार्यक्रममा पुर्वमन्त्री बस्नेतले ५५ करोड ८९ लाख ६१ हजार १७ रुपैयाँ ९५ पैसाको कुल लागतमा बन्ने उक्त कोरिडोरको निर्माण कार्य आगामी २७ महिना भित्रमा सम्पन्न गर्ने बताए । विकास निर्माणमा अवरोध गर्नु भनेको आफैँ अध्याँरोतिर धकेलिनु हो भन्दै उनले बालकुमारि रानीकोट सम्म ५४ सय रोपनी जग्गा ल्याण्ड पुलिङ गर्ने कार्य भइरहेको र कोरिडोरमा परेका जग्गा फिर्ता गर्ने पनि बताए । साथै उनले २७ महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य लिएको कोरिडोरको निमार्णको ठेक्का कालिका कन्सट्रक्सन र समानान्तर कन्सट्रक्सनले पाएको पनि जानकारी दिएका छन् ।

कार्यक्रममा नेकपाका पार्टी सभापति ललितपुरका हरिकृष्ण व्यञ्जनकार, नेकपा कार्यालय जिल्ला सदस्य सरोज डंगोल, महालक्ष्मी नगरपालिका वडा.नं ५ का अध्यक्ष राजकुमार सिलवाल, उपत्यका
 विकास प्राधिकरणका प्रमुख नवराज प्याकुरेल लगायत समितिका पदाधिकारी र विकास प्रेमी व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi