neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ब्राजिलको शानदार जित,नेयमारले गरे ह्याट्रिक

ब्राजिलको शानदार जित,नेयमारले गरे ह्याट्रिक

Oct 14th, 2020

काठमाडौँ, २८ असोज

फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सानदार जित निकालेको छ।बुधबार बिहान भएको खेलमा ब्राजिलले पेरुलाई ४-२ गोलले पराजित गरेको हो ।

ब्राजिललाई जित दिलाउन नेयमारले ह्याट्रिक गरे भने रिचार्डलिसनले एक गोल गरेका थिए । पेरुका आन्द्रे कारिलोले र रेनाटो तापियाले एक/एक गोल गरेका थिए ।

खेलमा पहिलो अग्रता पेरुलेनै लिएको थियो ।खेलको छैटौं मिनेटमा आन्द्रे कारिलोको गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए ।खेलको २८ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफको ५९ औँ मिनेटमा रेनाटो तापियाले गोल गर्दै पेरुको अग्रता अग्रता दोब्बर पारे । तर त्यो अग्रता धेरै बेर टिकेन ा त्यसको ५ मिनेटपछि ब्राजिलका रिचार्डलिसनले बराबरि गोल फर्काए।

त्यसपछि खेलको ८३ औं मिनेटमा पेनाल्टीमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-२ ले अघि बढाए। पेरुका लुइस अब्रामले ब्राजिलका रिबेरोलाई धेकेलेपछि ब्राजिललाई पेनाल्टी दिइएको थियो। खेल सकिन एक मिनेट बाँकी हुँदा पेरु १० खेलाडीमा सिमिति बनेको थियो ।जसको फाइदा ब्राजिलले लियो । दोस्रो हाफको इन्जुरी समयमा नेयमारले ह्याट्रिक पुरा गरे र ब्राजिललाई शानदार जित दिलाए ।उनले रिबेरोको पासमा गोल गरेका थिए।

जितसँगै ब्राजिलले समूह चरणमा २ खेलबाट ६ अंक जोडेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi