neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • विश्वकप छनोटमा अर्जेन्टिनाको लगातार दोस्रो जित

विश्वकप छनोटमा अर्जेन्टिनाको लगातार दोस्रो जित

Oct 14th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २८ असोज

फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले लगातार दोस्रो जित हात पारेको छ। मंगलबार राति भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई २-१ गोलले पराजित गरेको हो।

अर्जेन्टिनालाई जित दिलाउन लौराटो मार्टिनेजले र जोकिन कोरीले एकरएक गोल गरे। बोलिभियाका मार्सेलो मोरिनोले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता बोलिभियाले लिएको थियो ।खेलको २४ औँ मिनेटमा बोलिभियाका मार्सेलो मोरिनोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको अन्तिम मिनेटमा अर्जेन्टिनाका लौराटो मार्टिनेजले गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि दोस्रो हाफको ७९ औं मिनेटमा अर्जेन्टिनाका जोकिन कोरीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । जोकिन कोरीले सो गोल लौराटो मार्टिनेजको पासमा गरेका हुन् ।

जितसँगै अर्जेन्टिना सुरुवाती दुई खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। अर्जेन्टिनाले दुई खेलबाट ६ अंक जोडेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi