neapl investment mega bank
  • गृहपृष्ठ
  • कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १३१ जनामा कोरोना सङ्क्रमण

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १३१ जनामा कोरोना सङ्क्रमण

Oct 13th, 2020

कर्णाली, २७ असोज /रासस

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसीआर परीक्षणमा १२३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा आठ जना गरी १३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण हुनेहरुमा सुर्खेतका १०७, कालिकोटका छ, जुम्लाका पाँच, दैलेखका तीन, हुम्लाका दुई र अन्य प्रदेशका आठ जना रहेको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताउनुभयो । “आज १३१ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमितहरुको कुल सङ्ख्या चार हजार ६५१ पुगेको छ,” उहाँले भन्नुभयो, “पछिल्लो २४ घण्टामा ७९ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्केका छन् ।”

उहाँका अनुसार आज ७९ जनाले कोरोना जितेसँगै अब कर्णालीमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन हजार ५३१ पुगेको छ । कर्णालीका विभिन्न आइसोलेशनमा ९६१ जना सक्रिय सङ्क्रमित रहेको उहाँले बताउनुभयो । कर्णालीमा हालसम्म कोरोना सङ्क्रमणबाट ११ जनाको सङ्क्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ ।