neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

Oct 13th, 2020

काठमाडौं, २७ असोज

स्याङजा, पुतलीबजार नगरपालिका-१ बस्ने ३५ वर्षीया मन कुमारी नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पुतलीबजार नगरपालिका-३ कालीमाटी बस्ने गुल्मी घर भएका ४१ वर्षीय कृष्ण परियारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका-१ स्थित नेपाल टेलिकमको कम्पाउण्ड नजिक बालमन्दिरबाट पुतलीखेत जाने ठाडो बाटोको किनारमा मनकुमारी घाइते अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले मनकुमारीलाई उपचारका लागि जिल्ला अस्पताल स्याङजातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । उक्त घटनाको अनुसन्धान गर्ने क्रममा कृष्णले आइतबार साँझ मनकुमारीलाई कुटपिट गरी घाइते बनाई फरार भएको खुल्न आएपश्चात उक्त घटनामा संलग्न कृष्णलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत स्याङजाबाट २५ दिन म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।सिन्धुपाल्चोक, आफ्नै छोरा ३० वर्षीय पेम्बाछिरीङ तामाङलाई आगो फुक्ने फलामको ढुंग्रोले प्रहार गरी हत्या गरेको अभियोगमा बलेफी गाउँपालिका-७ माथिल्लो चिम्लिङ बस्ने ५६ वर्षीय छिरीङ लामालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी झै-झगडा हुँदा छिरीङ तामाङले ढुंग्रो प्रहार गर्दा गम्भीर घाइते भएका पेम्बाछिरीङको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi