neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रदेश नं १ मा थप ४५२ जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रदेश नं १ मा थप ४५२ जनामा कोरोना सङ्क्रमण पुष्टि

Oct 12th, 2020

मोरङ, २६ असोज /रासस

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा थप ४५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा आज गरिएको एक हजार १७६ जनाको पीसीआर परीक्षणमा १८८ महिला र २६४ पुरुषको एक हजार १७६ जनाको पिसीआर परीक्षण गर्दा १८८ महिला र २६४ पुरुष गरी कूल ४५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका छन् । यसरी कोरोना सङ्क्रमण पुष्टि हुनेमा मोरङको विराटनगरका १९० सहित २४२, सुनसरीका १८४, झापाका आठ, इलामका दुई, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरका एक/एक जना तथा प्रदेश बाहिरका १२ जना रहेको मन्त्रालयले जनाएको छ ।

यो प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार ७५१ पुगेको छ । प्रदेशमा आज ४४ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् । अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या चार हजार ८५५ पुगेको छ । अहिलेसम्म एक लाख ३८ हजार ६९२ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi