काठमाडौँ, २६ असोज /रासस
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक उद्यमशीलताका माध्यमबाट मुलुकको समृद्धिमा योगदान पु¥याउने उद्देश्यले सरकारले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गरेको बताउनुभएको छ । समाजकल्याण परिषद्द्वारा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै परिषद्को मातहतमा रहने गरी सो कोष स्थापना गरिएको औपचारिक जानकारी दिनुभयो । सामाजिक क्षेत्रको कामलाई अझै प्रभावकारी बनाई सामाजिक उद्यमशीलताको माध्यमबाट मुलुकको समृद्धिमा योगदान पु¥याउने उद्देश्यका साथ ‘समाजकल्याण ऐन २०४९ को दफा ९ (ङ) तथा दफा २६ को अधिकार’ प्रयोग गरी कोष स्थापना गरिएको हो ।
परिषद्का अध्यक्ष मन्त्री गुरुङले सामाजिक उद्यमशीलता अभियानलाई सामाजिक अभियानकै रुपमा गाउँगाउँसम्म पु¥याउनुपर्ने तथा विश्वविद्यालयहरुले शैक्षिक कार्यक्रम नै राखेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
परिषद्का उपाध्यक्ष डा पदमप्रसाद खतिवडाले सङ्घसंस्थालाई आत्मनिर्भर बनाउन पनि सामाजिक उद्यमशीलता कोष जरुरी रहेको बताउनुभयो । परिषद्ले बोर्ड सदस्य सुशील ज्ञवालीलाई कोष संयोजक तथा कमलप्रसाद निरौला, डा रोजी जोशी, अर्जुन भट्टराई, शान्ता न्यौपाने, नरबहादुर रोकाया, डा सुनिल चित्रकार, प्रकृति मैनाली र जीतेन्द्र पासवानलाई सदस्यको जिम्मेवारी दिएको छ ।