neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अरनिको राजमार्गअन्तर्गत बन्देउदेखि खाडिचौरसम्मको १९ किलोमिटर सडक तिहारअघि नै कालोपत्रे गरिने

अरनिको राजमार्गअन्तर्गत बन्देउदेखि खाडिचौरसम्मको १९ किलोमिटर सडक तिहारअघि नै कालोपत्रे गरिने

Oct 12th, 2020

सिन्धुपाल्चोक, २६असोज /रासस

अरनिको राजमार्गअन्तर्गत बन्देउदेखि खाडिचौरसम्मको १९ किलोमिटर सडक तिहारअघि नै कालोपत्रे गरिने भएको छ ।बन्देउदेखि बाह्रबिसेसम्म उक्त राजमार्गको स्तर सुधारको कामले तिव्रता पाएसगैँ रू १० करोडको लागतमा अस्फाल्ट सामग्री प्रयोग गरी कालोपत्रे गर्न लागिएको हो ।

पहिले यस्तो प्रविधिको प्रयोग नगरिएकाले राजमार्गका सडकमै खाल्डाखुल्डी र अनियन्त्रित पानीका कारण साना–ठूला दुर्घटना यस राजमार्गमा हुँदै आएको थियो । अस्फाल्ट प्रविधिका सडकहरू उच्च भारबहन क्षमता, लामो अवधि टिकाउ हुने र सडक किनारबाट पानी नछिर्ने सडक बिभागका प्राबिधिक सन्तोष बस्नेतले जानकारी दिनुभयो । सोही राजमार्गको खाडीचौरदेखि बाह्रबिसेसम्म भने बेस सिलिङको काम भइरहेको छ ।

राजमार्गका कोठेको एकतर्फी मार्ग, जुरेको पहिरो र बाह्रबिसेदेखि माथिका दर्जनौं स्थानमा भने भूगर्भविद्हरूको अध्ययन प्रतिवेदनपछि मात्र उच्चप्रबिधिको प्रयोगबाट स्थायी समाधान खोजिनुपर्ने प्राबिधिकहरूको सुझाव छ ।कोठे र जुरेमा मात्रै बार्षिक करोडौं रुपैँया सडक मर्मतमा खर्च भएपनि वर्षाअघि बनाइएका संरचनाको बर्षापछि कुनै निसान नै नरहने समस्या छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi