neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ईण्डियन प्रिमियर लिग क्रिकेट खेलमा सट्टावाजी गर्ने सात जना पक्राउ

ईण्डियन प्रिमियर लिग क्रिकेट खेलमा सट्टावाजी गर्ने सात जना पक्राउ

Oct 12th, 2020

काठमाडौ, असोज २६

ईण्डियन प्रिमियर लिग क्रिकेट खेलमा सट्टावाजी गर्ने सात जना पक्राउ पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार दुवई, सारजहा, अवुधावीमा संचालन भईरहेको ईण्डियन प्रिमियर लिग (क्रिकेट खेल) को कालिमाटी ईलाकामा सट्टावाजी भईरहेको भन्ने सूचनाको आधारमा तत्काल वृत्त कालिमाटीवाट प्रनाउको कमाण्डमा परिचालन भई खोज तलास गर्ने क्रममा आईतबार सात जना पक्राउ परेका हुुन ।

कालिमाटी स्थित भारत घर भएका कुलदिप शारण सट्टाबाजी खेल्ने खेलाउने गर्ने गरेको तथ्य सार्वजनिक भएपश्चात उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा अन्य छ समेत संलग्न भएको खूल्न आएपश्चात न सात जना व्यक्तिलाई पक्राउ गरी मनप्र वृत्त कालिमाटीवाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भारत घर भई हाल कमलपोखरी स्थित होटल कोनार्क ईनको कोठा नं. १०५ मा बस्ने कुलदिप शारण, भारत घर हुने सन्जिव शारण, प्रदिप घिमिरे, भारत कानपुर घर भई का.जि.कुलेश्वर बस्ने बर्ष ३८ को अजय गौतम, का.जि.का.म.न.पा १४ कुलेश्वर बस्ने बर्ष ५१ को उत्तम सापकोटा, का.जि.का.म.न.पा १३ सोल्टिमोड वस्ने वर्ष ५५ को अनिल कुमार बमसल र दिल्ली र राजस्थान घर भई हाल का.जि.का.म.न.पा वसन्तपुर वस्ने वर्ष ४६ को नविन जैन रहेकाछन । उनीहरुको साथबाट दुुई वटा सवारी साधन र एक लाख ८५ हजार एक सय २० नेपाली रुपैयाँ बरामद भएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi