neapl investment mega bank
  • गृहपृष्ठ
  • सोमबार १८ अर्ब २५ करोड बराबरको ट्रेजरि बिल बिक्री हुने

सोमबार १८ अर्ब २५ करोड बराबरको ट्रेजरि बिल बिक्री हुने

Oct 11th, 2020

काठमाडौँ, २५ असोज /रासस

नेपाल राष्ट्र बैंकले सोमबार रु १८ अर्ब २५ करोडबराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बिक्री गर्न लागेकोमध्ये रु तीन अर्बको टे«जरी बिल भने नयाँ हो भने रु १५ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल भने नवीकरण गर्न लागिएको हो ।

बैंकले कूल ३६४ दिने अवधिका लागि उक्त ट्रेजरि बिल बिक्री गर्न लागेको सूचनामा उल्लेख छ । बैंकका अनुसार रु तीन अर्बबराबरको नयाँ र रु १५ अर्ब २५ करोडबराबरको नवीकरण गर्न लागिएको ट्रेजरी बिल २०७८ असोज २६ गते परिपक्व हुनेछ । सो टे«जरी बिल बोलकबोल विधिमार्फत बिक्री गरिनेछ । यस्तै केन्द्रीय बैंकले यही असोज २० गते रु १० अर्बबराबरको विकास ऋणपत्र बोलकबोल गरेको थियो ।