neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सेनाद्धारा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँमा “अपरेशन नाम्फा बचाउँ’’ कार्यक्रम सम्पन्न

सेनाद्धारा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँमा “अपरेशन नाम्फा बचाउँ’’ कार्यक्रम सम्पन्न

Oct 11th, 2020

काठमाडौ, असोज २५

नेपाली सेनाले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा “अपरेशन नाम्फा बचाउँ“ सफलतापूर्वक सम्पन्न गरेको छ । सेनाले आईतबार बिज्ञप्ती जारी गर्दे उक्त कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ ।

सेनाका अनुसार सिन्धुपाल्चोक जिल्ला, जुगल गा.पा. वडा नं.२ नाम्फा देखि करिब १ कि.मि. माथि र वडा नं.२ सञ्च गाउँ भन्दा करिब २०० मि. तल ठुुलो आयतनको एउटा विशाल ढुङ्गा २०७२ सालको भुकम्पको कारण आफ्नो पहिलेको स्थानबाट केही मात्रामा सरी तल होचो भुभागमा झर्ने अवस्थामा रहेको थियो । त्यस स्थानको जमिन प्राकृतिक रुपमा निकै खुकुलो रहेको हुँदा वर्षा लगायत अन्य कुनै कारणबाट आफ्नो स्थान छोडेको खण्डमा जुगल गा.पा. वडा नं.२ अन्तर्गत रहेको सान्चो, नाम्फा ठूलो र नाम्फा सानो गाउँमा गम्भिर मानविय र भौतिक क्षति पर्याकउनुको साथै बलेफी खोला थुनिन गई निर्माणाधिन बलेफी हाईड्रो पावर प्रोजेक्टलाई समेत ठुलो असर पार्ने निश्चित थियो । यस ढुङ्गाका कारण नाम्फा गाउँको १४९ र सञ्च गाउँका ११५ घरहरुमा भौतिक तथा मानवीय क्षति हुने प्रवल सम्भावना रहेकाले स्थानियवासीहरुमा डर एवं त्रासको अवस्था रहेको थियो ।

सेनाका अनुसार असोज छ गते बसेको जिल्ला विपद व्यवस्थापन समिति, सिन्धुपाल्चोकबाट अनुरोध भए अनुसार संभावित जोखिमलाई न्यूनिकरण गर्न जिल्लामा तैनाथ गोरख बक्स गण, कालीसिद्धि गण (ईन्जिनियरिङ्ग) तथा माथिल्लो बलेफि ए हाईड्रोपावरका प्राविधिकहरुको समन्वयमा उक्त ढुङ्गालाई सुरक्षित रुपमा हटाउनका लागी विस्तृत योजना तयार गरिएको थियो जसलाइ “अपरेशन नाम्फा बचाउँ“ नाम दिइएको थियो ।

उक्त कार्यको प्रारम्भ असोज १२ गते गरिएको र उक्त प्रयासमा रोटरी ड्रिल र विष्फोटक पदार्थको सन्तुलित मात्रा प्रयोग गरी असोज २३ गते सुरक्षित रुपमा उक्त ढुङ्गा हटाउने कार्य सफलताका साथ सम्पन्न भएको सेनाले जनाएको छ । उक्त कार्यमा ३३५ के.जी. विष्फोटक पदार्थ लगायत अन्य सामाग्री प्रयोग भएको थियो । उक्त जोखिमपूर्ण विशाल ढुङ्गा सुरक्षित रुपमा हटाउन सफल भएकोमा कार्यस्थलमा खटिएका नेपाली सेनाका जवानहरुको सम्मानमा असोज २५ गते अर्थात आज आईतबार स्थानिय जनप्रतिनिधि तथा स्थानियवासीले एक कार्यक्रमको आयोजना गरेको सनाले जनाएको छ । उक्त विशाल ढुङ्गाका कारण डर र त्रासमा रहेका नाम्फा तथा आसपासका वासिन्दाहरुको समस्या समाधान गर्ने कार्यमा सहयोग गर्ने स्थानियवासी तथा जनप्रतिनिधिहरु एवं प्राविधिकहरुमा नेपाली सेना आभार प्रकट गर्दे नागरिक सैनिक सम्बन्धमा अझ प्रगाढ बनाउन नेपाली सेना सदैव क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi