neapl investment mega bank
  • गृहपृष्ठ
  • सिद्धार्थ बैंकको ऋणपत्र “८.५० प्रतिसत एस.बि.एल. डिबेन्चर २०८४” मा उल्लेखनीय सहभागिता

सिद्धार्थ बैंकको ऋणपत्र “८.५० प्रतिसत एस.बि.एल. डिबेन्चर २०८४” मा उल्लेखनीय सहभागिता

Oct 11th, 2020

काठमाडौ, असोज २५

सिद्घार्थ बैंक लिमिटेडले २०७७ आश्विन १६ गते निष्काशन गरेको तीन अर्बको “ ८.५० प्रतिसत एस। बि।एल। डिबेन्चर ( २०८४” ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेको कारण छोटो समयमै मागभन्दा बढि रकमको लागि आवेदन प्राप्त भएको छ । निष्काशन गरिएको उक्त ऋणपत्र आश्विन २० गते बन्द भएको हो ।

लगानीकर्ताहरुको महत्वपूर्ण सहभागिता एवं अपार विश्वासका साथ अधिक सदस्यता प्राप्त गर्दै बैंकले सम्पूर्ण लगानीकर्ताप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ । हार्दिक आभार व्यक्त गर्दै प्राप्त निरन्तर सहयोग र सदभावले बैंकलाई अझ बढि नवीनतम र उतकृष्ट सेवा प्रदान गर्न अभिप्रेरित गरेको विश्वास बैंकले लिएको छ ।