काठमाडौ, असोज २५
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रिय कार्यसमिति विस्तार गरेको जानकारी दिएको छ । राप्रपाका अनुुसार आफ्नो तीन सय २७ सदस्यीय केन्द्रिय समितिमा चार सय नयाँ सदस्य थप गरी सात सय २७ जनाको केन्द्रिय कार्यसमिती बनाएको हो ।
आज आईतबार बिज्ञप्ती जारी गर्दे राप्रपाले कार्यसमिती बिस्तार गरेको जानकारी दिएको हो । पार्टीको विधान तथा पार्टी एकीकरण सम्बन्धी आधारपत्र बमोजिम अध्यक्षत्रयको सहमति अनुसार नै कार्य समिती बिस्तार गरिएको राप्रपाले जनाएको छ । एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रिय कार्य समितिको विस्तार भएको हो ।
पार्टीले असोज २९ गतेसम्म जिल्ला स्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी वैशाख २५ देखी २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रिय महाधिवेशनको तयारीमा लाग्ने जानकारी दिएको छ ।
यि हुुन कार्यसमितीमा परेका व्यक्तिहरु