neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • हल्ट प्राइज आईओई र नेक्स्टजेजद्धारा ‘आन्टरप्रिनियरसिप टक सिरिज सम्पन्न

हल्ट प्राइज आईओई र नेक्स्टजेजद्धारा ‘आन्टरप्रिनियरसिप टक सिरिज सम्पन्न

Oct 11th, 2020

काठमाडौ, असोज २५

हल्ट प्राइज आईओई र नेक्स्टजेनले शनिबार ‘आन्टरप्रिनियरसिप टक सिरिजः लेभल टु बिल्डिङ अ टिम’ शीर्षकमा दोस्रो भर्चुअल टक सिरिज आयोजना गरेको छ । उक्त सिरिजमा पाकिस्तानी मूलका बलिउड सेलिब्रेटी अलि जफरको पनि एक घन्टाको भर्चुअल उपस्थिति रहेको थियो । उक्त कार्यक्रम पुल्चोक क्याम्पसका विद्यार्थीबाट सम्पन्न गरिएको हो । उक्त कलेजका आईओईको विद्यार्थीको मात्र नभई अरु पनि धेरै जनाको उपस्थिति रहेको थियो ।

सेसनमा फोर्ब्स, आईबीटी र सीएनएन जस्ता ग्लोबल साइटहरुमा फिचर भइसकेका वक्ता एक सफल आन्ट्रप्रेनियर सतिस गैरेको उपस्थिति रहेको थियो । उक्त टकसिरिजमा सतिस गैरेले आफ्नो व्यावसायिक यात्राको र आफुले भोगेका संघर्षको बारेमा बताए । अनि उनले टीम कसरी बनाउने बारेमा कुरा थरे । उनले सबैलाई आन्टरप्रिनियरको यात्रामा कसरी अगाडी बढ्ने बारेमा बताउँदै उक्त क्षेत्रमा जान सबैलाई हौसला प्रदान गरे ।

सो पश्चात उक्त टक सिरिजमा पाकिस्तानी सुपरस्टार तथा बलिउडका चर्चित आभिनेता र गायक जफरले आफ्नो कडा मेहेनत र महिलाको अधिकारको बारेमा बताए । उनले आफ्नो काम, सक्रियता र मानवीय कर्मका बारेमा कुरा सुनाएर युवाहरुलाई परिवर्तनतर्फ अग्रसर कसरी गर्न सकिन्छ भन्ने ब्याख्या गर्नुको साथै आफ्नो फ्यानको आग्रहमा आफ्नो फिल्ममा आफ्नो गीत पनि गाए ।

aadharbhumi
aadharbhumi
aadharbhumi