neapl investment mega bank
  • गृहपृष्ठ
  • पर्यटनमन्त्री भट्टराईलाई कोरोना सङ्क्रमण

पर्यटनमन्त्री भट्टराईलाई कोरोना सङ्क्रमण

Oct 11th, 2020

काठमाडौँ, २५ असोज

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्री भट्टराईले शनिबार आफ्नो फेसबुक वाल मार्फत आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका हुन् ।मन्त्री भट्टराईलाई गत सोमबार गरेको कोरोना परीक्षणमा रिपोर्ट नेगेटीभ आएको थियो ।

मन्त्री भट्टराई बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएका थिय। शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरो आएपछि शनिबार पुन: कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको हो ।

मन्त्री भट्टराईलाई हल्का ज्वरोबाहेक अरु कुनै समस्या देखिएको छैन । उहाँले केही दिनयता आफूसँग सम्पर्कमा रहेका व्यक्तिलाई कुनै स्वास्थ्य समस्या देखिए कोरोना परीक्षण गर्न आग्रह
गरेका छन् ।