neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोना महामारीमा रगत अभाव परिपुर्ति गर्न प्रभु हस्पिटलको रक्तदान कार्यक्रम समपन्न

कोरोना महामारीमा रगत अभाव परिपुर्ति गर्न प्रभु हस्पिटलको रक्तदान कार्यक्रम समपन्न

Oct 10th, 2020

पर्सा, असोज २४

कोरोना महामारीमा रगतको अभाव परिपुर्ति गर्न प्रभु हस्पिटल वीरगंजले आफनो प्रथम स्थापना दिवसको अवसरमा रक्तदान कार्याक्रम समपन्न गरेको छ ।

पानी टंकीस्थित हस्पिटलको प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७ महिला सहित ६४ जनाले रक्तदान गरेका छन । पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमाङ्गले रक्तदाता रिन्कु गुप्तालाई रगतको पोका हस्तनान्तरण गरी रक्तदान कार्यक्रमको प्रारम्भ गरिएको थियो । कोरोना महामारीमा समयमै उपचार नपाएर गम्भीर भएका विरामीलाई रक्तदान जस्ता समाजिक कामले टेवा पुग्ने प्रमुख जिल्ला अधिकारी तमाङ्गले बताए ।

कार्यक्रममा अनिता यादव, मनिसा पन्त, श्रेया गुप्ता, अपसरा गुप्ता, जोविना महर्जन, नितवनी खातुन, निसा गुप्ता, उपेन्द्र यादव, जाकिर हुसेन, अरुण गुप्ता, सुरेश परियार, श्रवण नेपाल, विकास थापा, कपलेश यादव, नेपाली सेना, रोट्राक्ट क्लब, स्प्रिट क्लब लगायतका रक्तदाताहरुले रक्तदान गरेका थिए ।

आफनो स्थापना दिवसको अवसरमा प्रभु हस्पिटलले ६० वर्ष माथिका जेष्ठ नागरिक तथा १४ वर्ष मुनिका बालबालिकालाई आश्विन ३० गतेसम्मका लागी निःशुल्क रुपमा ओपिडि चेकजाँच हुने अस्पतालका सञ्चालक डा. मनोज गुप्ताले जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति अजय द्विवेद्वि, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केसि लामिछाने, अध्यक्ष श्याम बन्जारा, प्रध्यापक दिपक शाक्य, सशस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक निर्मल थापा, ट्राफिकका प्रहरी निरिक्षक कमलराज पण्डीत, विपत व्यवस्थापनका प्रहरी निरिक्षक सरद सिंह प्रजापति, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक राजेश राज पुरी, युवा नेता निजामुद्दिन समानी, दिलिप राज कार्की, प्रभाकर गुप्ता, प्रभु अस्पतालका चिकित्सक डा. लक्ष्मी थापा, डा. राधा भट्टराई, डा. अभिषेख अर्याल लगायतको उपस्थिति रहेको थियो ।