neapl investment mega bank
  • गृहपृष्ठ
  • विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० लाख ७२ हजार नाग्यो

विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० लाख ७२ हजार नाग्यो

Oct 10th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, २४ असोज

विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या १० लाख ७२ हजार नागेको छ ।

नेपाली समय शनिबार १२:०० बजे सम्म विश्वभरीमा तीन करोड ७१ लाख १९ हजार ५५७ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् भने हालसम्म विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण १० लाख ७२ हजार ८२६ व्यक्तिको मृत्यु भएको छ ।

सङ्क्रमितमध्ये हालसम्म दुई करोड ७९ लाख २ हजार ४९९ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ८१ लाख ४४ हजार २३२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६८ हजार ३८५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित भारतमा देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ७८ लाख ९४ हजार ४७८ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख १८ हजार ६४८ पुगेको छ ।

दोस्रो धेरै प्रभावित भएको भारतमा ६९ लाख ७९ हजार ४२३ जना सङ्क्रमित भएका छन् भने १ लाख ७ हजार ४५० जनाको मृत्यु भएको छ ।

त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५० लाख ५७ हजार १९० जना सङ्क्रमित भएका छन् भने एक लाख ४९ हजार ६९२ जनाको मृत्यु भएको छ ।

स्रोत: वर्ल्डोमीटर

https://www.worldometers.info/coronavirus/