neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा थपिए १ हजार ४०९ संक्रमित

काठमाडौं उपत्यकामा थपिए १ हजार ४०९ संक्रमित

Oct 9th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २३ असोज

शुक्रबार काठमाडौंमा उपत्यकामा थप १ हजार ४०९ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १ हजार ४०९ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका १ हजार ११६ जना, ललितपुरका १६३ र भक्तपुरका १३० जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि बिहीबार उपत्यकामा २ हजार ५४० सङ्क्रमित थपिएका थिए।

नेपालमा बिहीबार थप २०५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या १ लाख ६७६ पुगेको छ । पछिल्लो २४ घण्टामा १६८० जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ७३ हजार २३ पुगेको छ ।
हालसम्म ११ लाख ४५ हजार २३७ जनाको पीसीआर परीक्षण गरिएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi