neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • चोरी भएका २६ वटा मोटरसाईकल धनिलाई जिम्मा

चोरी भएका २६ वटा मोटरसाईकल धनिलाई जिम्मा

Oct 9th, 2020

काठमाडौ, असोज २३

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २६ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । कोरोना भाईरसको माहामारीको बीचमा पनि महाशाखाको पीडित सहायता इकाईबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधनहरु गोप्य ढङ्गले खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।

उपत्यकाका नयाँ बसपार्क, ठमेल, लाछिटोल, बोडे, सुर्यविनायक, बसुन्धारा, वनस्थली, नयाँबानेश्वईर, सानेपा, गौशाला, नक्साल, ठमेल, शान्तिनगर, सामाखुसी, छाउनी, बालाजु, लैनचौर, नयाँबसपार्क, ज्ञानेश्वर, ईमाडोल, जडिबुटी, बनकाली, जोरपाटी र पुतलिसडकलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनिलाई यस महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जिम्मा लगाएका हुुन । एकान्त ठाउँको पार्किङ्ग स्थल, घरको गेट बाहिर, अस्पताल लगायतका स्थानमा अतिरिक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अवस्था भएका सवारी मर्मत नगरेर, घरमा पार्किङ्ग गरेको भनि लापारवाही वा असुरक्षित पार्किङ्ग गरेर मोटरसाईकलहरू बढी चोरी भएको देखिन्छ ।’’ महाशाखाका प्रमुख भिम ढकालले भने,ः ‘चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवा लस्ट भेहिकल एप्लीकेसनमा मा लगईन गरेर निवेदन दिन सकिने व्यवस्था रहेको छ ।

उनले सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न र एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न पनि सुझाव दिए । आज बमबहादुर बिश्वरकर्मा, रिनामगर, पवनराई, बासुदेव पोखरेल, राजु तामाङ, अप्सरा खत्री, बिकाश काररञ्जि, सुरजराम श्रेष्ठ, केशव अधिकारी, रामविक्रम सिजापती, जयरामप्रसाद कुशवाह, कुमार बोगटी, ईन्द्र कुमार सुनुवार, अनिता सुवाल, जा. बज्राचार्य, पुर्णमाया पाख्रिन, निरज पाण्डे, धनविर योञ्जन, मिना के.सी., शिवशंक र श्रेष्ठ, कृष्ण बुढाथोकी, रामकुमारी श्रेष्ठ, रामानन्द शाह, सुजन सैजु, भुनिमा तामाङ्ग र लेखनाथ भुसालका मोटरसाईकलहरु जिम्मा लगाएको हो ।

महाशाखाले यस आ.व. ०७६ र ०७७ मा मात्रै चोरी भएका तीन सय २५ वटा मोटरसाईकल फेला पारी सम्बन्धित धनिलाई जिम्मा लगाएको थियो भने लकडाउनदेखि हालसम्म अवधिमा पनि ६४ वटामोटरसाईकल खोजतलास गरी सम्बन्धित धनिलाई बुझाईसकेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi