neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • हनुमानगर शस्त्र प्रहरीद्धारा ठुलो परिमानको सुर्ती बरामद

हनुमानगर शस्त्र प्रहरीद्धारा ठुलो परिमानको सुर्ती बरामद

Oct 9th, 2020

लहान, असोज २३

सप्तरीको हनुमानगर नगरपालिका ५ बाट सशस्त्र पहरीका सदा पोसाकको प्रहरीले ठुलो परिमानको अबैध सुर्ती बरामत गरेका छन् । सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजुु श्रेष्ठको कमान्डमा गोप्य सूचना को अधारमा खटिएको सदा पोसाकको सशस्त्र प्रहरीले उक्त सम्मान बरामत गरेको हो ।

लकडाउनको मौका छोपी तस्करले ठुलो परिमाणको अबैध सुर्ती भन्सार छ्लेर नाउँ डुङ्गा प्रयोग गरी भारत तर्फ लगदै गरेको अबस्थामा कोशी खोलाको पनार बाट सदा पोसाकमा खटिएको प्रहरी बिरेन्द्र साहले उक्त सम्मान पक्राउ गरेका छन् । पक्राउ गरेको सम्मान सुर्ती २० बोरा, मन्जन गुल्ल ५ बोरा, मटर, कपडा लगायतका सम्मान बरामत गरेका छन उक्त सम्मान करिब तीन लाख मुल्य बराबरका छन् । प्रहरीलाई हेर्दा तस्करले सम्मान छाडेर फरार भएको थियो। परामत गरेको सम्मान कुनौली भन्सारमा बुझाएको प्रहरीले जानकारी दिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi