neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • तुलसीपुर उपमहानगरपालिकाका प्रमुख पाण्डेलाई कोरोना सङ्क्रमण

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख पाण्डेलाई कोरोना सङ्क्रमण

Oct 8th, 2020

तुलसीपुर, २२ असोज /रासस

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा उहाँलाई सङ्क्रमण पुष्टि भएको उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

तुलसीपुरमा आज मात्रै २१ जनामा सङ्क्रमित थपिएको फोकल पर्सन केसीले बताउनुभयो । यसैबीच नगरप्रमुख पाण्डेसहित कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि उपमहानगरपालिका सहित सवै वडा कार्यालय एकसाताका लागि बन्द हुने भएका छन् । कार्यवाहक नगरप्रमुख माया शर्माको अध्यक्षतामा आज बसेको आपत्कालीन बैठकले यही असोज २९ गतेसम्मका लागि उपमहानगरपालिकाले प्रदान गदै आएका अत्यन्त आवश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै कर्मचारीमा कोरोना पुष्टि भएपछि भूमि सुधार तथा मालपोत कार्यालय पनि बन्द गरिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi