neapl investment mega bank aadharbhumi aadharbhumi

अवैध लागूऔषध सहित पक्राउ

Oct 8th, 2020

सुनसरी, २२ असोज

ईटहरी उपमहानगरपालिका-४ स्थित स्याभाले होटलबाट ३७ ग्राम ४० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर, नगद १ लाख ५० हजार रुपैयाँ र १ थान मोबाइल सहित सोही उपमहानगरपालिका-५ जनतावस्ती वस्ने २३ वर्षीय प्रबिण राईलाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध ब्राउन सुगरको ओसार पसार तथा बिक्री भैरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उक्त होटलमा शंकास्पद अवस्थामा फेला पारी जाँच गर्ने क्रममा उनको साथबाट १४ ग्राम ४० मिलिग्राम ब्राउनसुगर र उक्त नगद फेला पारी उनलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उनले घरमा राखेको २३ ग्राम लागूऔषध ब्राउनसुगर समेत फेला पारी प्रहरीले बरामद गरेको हो ।

यसैगरी सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-५ स्थित बैष्णदेबी पेट्रोल पम्प नजिकबाट नियन्त्रित लागूऔषध १ सय ५० एम्पुल डाइजेपाम ईन्जेक्सन, १ सय ५० एम्पुल लुपिजेसिक, १ सय ५१ एम्पुल फेनारगन र ३ सय ८४ क्याप्सुल स्पास्मो प्रोक्सभोन सहित सोही गाउँपालिका-६ बस्ने १९ वर्षीय उमर हुसेनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले को।२७ प ८८९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा झोलामा उक्त लागूऔषध फेला पारी मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो ।

उनीहरु उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi