neapl investment mega bank
  • गृहपृष्ठ
  • एनएमबी बैंकको ग्राहकहरुलाई होटेल भिवान्तामा १५ प्रतिसत छुट

एनएमबी बैंकको ग्राहकहरुलाई होटेल भिवान्तामा १५ प्रतिसत छुट

Oct 8th, 2020

काठमाडौं, असोज २२

एनएमबी बैंक र होटेल भिवान्ताविच एनएमबि बैंकका ग्राहकहरुले होटेल भिवान्ताको प्राङ्गणमा रहेको मिन्ट र आकृती रेष्टुरेन्टबाट खाना र हल्का पेय पदार्थहरूको खरिदमा १५ प्रतिसत छुट प्राप्त गर्ने विषयमा द्विपक्षिय समझदारीमा हस्ताक्षर गरिएको छ ।

समझदारीपत्रमा एनएमबी बैंककातर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र होटेल भिवान्ताका तर्फबाट सहायक बिक्री प्रबन्धक श्रीमती इंदिना राईले हस्ताक्षर गरेकाछन । बैंकले हाल एक सय ८६ शाखाहरु, छ वटा विस्तारित काउन्टरहरु र एक सय ३५ एटीएमहरुको मजबुत सञ्जालमार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।