neapl investment mega bank
  • गृहपृष्ठ
  • अमेरिकामा कोभिड १९ का सङ्क्रमितको संख्या ७७ लाख नाघ्यो

अमेरिकामा कोभिड १९ का सङ्क्रमितको संख्या ७७ लाख नाघ्यो

Oct 8th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, २२ असोज

विश्वभर महामारकिो रूपमा फैलिएको कोरोना सङ्क्रमितको सङ्ख्या संयुक्त राज्य अमेरिकामा ७७ लाख नाघेको छ ।

नेपाली समय बिहीबार ८:३० बजे सम्म अमेरिकामा ७७ लाख ७६ हजार २२४ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

चीनको वुहानमा कोभिड–१९ सङ्क्रमण फैलिएको गत वर्षको अन्त्यतिर सार्वजनिक भएको भएपनि अमेरिकामा पहिलो सङ्क्रमित विरामी जनवरी २१ मा भेटिएको थियो । अमेरिकामा बिहीबारसम्म २ लाख १६ हजार ७८४ व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । २५ लाख ७६ हजार ६० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ ।सङ्क्रमितमध्ये हालसम्म ४९ लाख ८३ हजार ३८० व्यक्ति कोरोना मुक्त भएका छन् ।सङ्क्रमितमध्ये १४ हजार ५७१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अमेरिकापछि बढी सङ्क्रमण भारतमा ६८ लाख भन्दा बढीमा सङ्क्रमण देखिएको छ भने तेस्रो धेरै सङ्क्रमित सङ्ख्या ब्राजिलमा झण्डै ५० लाख भन्दा बढी सङ्क्रमित भएका छन् ।

केही दिनअघिबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या बिहीबारसम्म १० लाख ६० हजार ४४३ जना पुगेको छ । यस भाइरसबाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ६३ लाख ९१ हजार ५७ पुगेको छ । कूल सङ्क्रमितमध्ये दुई करोड ७४ लाख ८ हजार भन्दा बढी हजार निको छन् भने करिब ७९ लाख २२ हजार मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि ६७ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।

स्रोत : वर्ल्डोमीटर

https://www.worldometers.info/coronavirus/