neapl investment mega bank
  • गृहपृष्ठ
  • राप्रपा अध्यक्ष राणाद्धारा कुलमान घिसिङको पूर्ननियुक्तिको माग

राप्रपा अध्यक्ष राणाद्धारा कुलमान घिसिङको पूर्ननियुक्तिको माग

Oct 7th, 2020

काठमाडौ, असोज २१

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले देशमा पुनः लोडसेडिङ सुरू भएको अवस्था दर्शाउँदै जनतालाई कष्टमुक्त राख्न कुलमान घिसिङको पूर्ननियुक्तिको माग गरेका छन् । ‘दक्ष व्यवस्थापकको पूर्ननियुक्ति होस् भन्ने जनमतको कदर गर्दै कुलमान घिसिङलाई जिम्मेवारी दिएर जनतालाई कष्टमुक्त गर्नु सरकारको बुद्धिमानी हुनेछ,’ राप्रपा अध्यक्ष राणाले बुधबार ट्वीट गर्दै भने ।

सामाजिक सञ्जालमा धारणा प्रस्तुत गर्दै राणाले भने, ‘कुलमान घिसिङको भूमिकाले देश लोडसेडिङ मुक्त भयो । उनी जिम्मेवारीबाट हटेपछि पुनः लोडसेडिङ सुरु हुन थालेको छ । सरकारको गलत निर्णय यसैबाट प्रष्ट हुन्छ ।’

घिसिङलाई नेपाल विद्युत प्राधिकारणको प्रबन्ध निर्देशक कायम राख्नुपर्छ भन्ने राप्रपा अध्यक्षको माग जनभावना अनुकूल छ । विद्युत प्राधिकरण व्यवस्थापनको जिम्मेवारी घिसिङमा आउनु पूर्व नेपालमा दैनिक १६ घण्टासम्म बिजुली आपूर्ति कटौति हुने गर्दथ्यो ।