neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बुधवार काठमाडौं उपत्यकामा थपिए १६८४ संक्रमित

बुधवार काठमाडौं उपत्यकामा थपिए १६८४ संक्रमित

Oct 7th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २१ असोज

बुधवार काठमाडौंमा उपत्यकामा थप १६८४ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १६८४ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका १२९६ जना, ललितपुरका २९३ र भक्तपुरका ९५ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि मंगलबार उपत्यकामा १ हजार १७ सङ्क्रमित थपिएका थिए।

नेपालमा मंगलबार थप ३४३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ९४ हजार २५३ पुगेको छ । पछिल्लो २४ घण्टामा ११२६ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ६८ हजार ६६८ पुगेको छ । हालसम्म ११ लाख १३ हजार ४८५ जनाको पीसीआर परीक्षण गरिएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi