neapl investment mega bank

एकै दिन १४ अंकले बढ्यो नेप्से

Oct 7th, 2020

काठमाडौ, असोज २१

नेप्से आज बुुधबार १४ दसमलव ६८ अंकले बढेर १६ सय दसमलव ९७ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ पनि तीन दसमलव १७ अंकले बढेर तीन सय १६ दसमलव ३९ अंकमा चढेको छ । आज एक सय ९४ कम्पनीहरुको ४५ हजार तीन सय ४६ पटकको कारोवारमा एक करोड २५ लाख ३१ हजार दुुई सय ३९ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम तीन अर्ब ३० करोड ३० लाख ३३ हजार पाँच सय दुुई रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा उत्पादनमुलक र अन्य समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सचुक पाँच दसमलव ५३ अंकले बढेर १२ सय ७५ दसमलव २२ अंकमा चढेको छ भने निर्जिवन बीमा समुहको सुचक ७६ दसमलव आठ अंकले बढेर सात हजार नौ सय ७१ दसममलव ९९ अंकमा चढेको छ । यि बाहेक बिकास बैंक, जलबिद्युुत, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा नेशनल हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा लक्ष्मी ईक्विटी फण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण कावेली पावर लिमिटेड परेको छ ।