neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • काठमाडौँ महानगरपालिकाले नियमित गरेको बजार अनुगमनमा अखाद्य वस्तु नष्ट,उपभोग्य मिति मेटेर फेरि लेखिएको भेटियो

काठमाडौँ महानगरपालिकाले नियमित गरेको बजार अनुगमनमा अखाद्य वस्तु नष्ट,उपभोग्य मिति मेटेर फेरि लेखिएको भेटियो

Oct 6th, 2020

काठमाडौँ, २० असोज /रासस

काठमाडौँ महानगरपालिकाले नियमित गरेको बजार अनुगमनको क्रममा कालो दाल, जौको सातु, पापडलगायतका अखाद्य सामग्री नष्ट गरेको छ । आज कालीमाटी क्षेत्रमा गरिएको अनुगमनमा शिवज्योति पतञ्जलि आयुर्वेद सेवा केन्द्रका उक्त खाद्य सामग्री नष्ट गरिएको हो । उक्त पसलमा रहेका अन्य सामग्रीमा पनि खाद्यवस्तुको उपभोग्य अवधि लेखिएका अक्षर हातैले मेटिने भेटिएपछि ती सामग्री जफत गरिएको छ ।

समस्या शिवज्योतिमा मात्र होइन । त्यसै क्षेत्रको आयुषा खाद्य स्टोरले बेचेको टमाटो ससको उपभोग्य मिति मेटेर फेरि लेखिएको भेटियो । बट्टा कुच्चिएका र पुराना थिए । अनुगमन टोलीले एक बट्टा नमूना परीक्षणका लागि लियो भने १३ वट्टा बिक्रीका लागि रोक लगायो । पछिल्लो समय हरेक दिन कामपाले अनुगमन गर्दै आएको छ । अनुगमन टोली पुगेपछि केही व्यापारी पसलमा सटर तानेर भाग्ने गरेका छन् । बनस्थलीबाट पाँच किलो सुकेका खुर्सानी किन्न आएको बताउने एक खुद्रा उपभोक्ता भन्दै थिए, “अनुगमन आको रहेछ र पो आज सबै पसल बन्द रहेछन्, उतै किन्दा महङ्गो पर्छ । अब भोलि फेरि आउनुपर्ला ।”

भागेका व्यापारीलाई अनुगमन समितिमार्फत आवश्यक कागजातसहित सम्बन्धित कार्यालयमा बोलाइएको छ । अनुगमनका क्रममा रहनुभएका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाका अनुसार खरिदबिक्री बिल जारी नहुनु नै मूल्य र गुणस्तरमा उपभोक्ता ठगिनु हो । यसमानै कडाइ गर्नुपर्ने उहाँ बताउनुहुन्छ । बजार अनुगमनमा जाँदा प्रचलित व्यवस्था विपरीत काम गर्नेलाई दण्डित गर्ने अधिकार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग छ । सरोकार भएका निकायसँग समन्वय गरी अहिले अनुगमनको मुख्य जिम्मा स्थानीय तहमा छ । विगत दुई वर्षदेखि विभागलाई अनुगमनको क्रममा गल्ती ठहर भएका व्यापारीलाई तत्काल जरिवाना लिनसक्ने गरी अधिकार दिइएको छ । यसरी तत्काल गर्ने कारवाहीमा रु पाँच हजारदेखि रु तीन लाखसम्म तय गरिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi