neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सामाजिक संजाल प्रयोग गरी रकम ठगी गरेको अभियोगमा पक्राउ

सामाजिक संजाल प्रयोग गरी रकम ठगी गरेको अभियोगमा पक्राउ

Oct 6th, 2020

काठमाडौं, असोज २०

सामाजिक संजाल फेसबुकको प्रयोग गरि रकम ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका ७ गुर्जुधारा बस्ने रुपन्देही सैनामैना नगरपालिका-११ सालझण्डी घर भएकी ३१ वर्षीया सिता भुषाललाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजाल फेसबुकमा डा जेम्स सोनार र जेम्स एन्डी नामबाट साथी बनाई विवाह गर्छु सुनको सिक्री, आईफोन र २० हजार डलर गिफ्ट पठाएको छु भनि प्रलोभनमा पारी लाखौं रकम ठगी गर्ने कार्यमा संलग्न रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi