neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • उपत्यकामा ५ सहित ९ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु ,मृत्यु हुनेको सङ्ख्या ५६३ पुग्यो

उपत्यकामा ५ सहित ९ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु ,मृत्यु हुनेको सङ्ख्या ५६३ पुग्यो

Oct 6th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २० असोज

नेपालमा कोरोना सङ्क्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा ४ महिला र ५ पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये काठमाडौं उपत्यकाका ५९ र ६० वर्षीया महिला, ललितपुरमा ६७ वर्षीया महिला र ६१, ७७ वर्षीय पुरुष,तेह्रथुमका ३१ वर्षीय पुरुष ,सुन्सरीका ६४ वर्षीय पुरुष ,चितवनका ७० वर्षीय पुरुष र नवलपरासीका ७७ वर्षीया महिला रहेका छन्।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ५६३ पुगेको छ । यसअघि सोमबार कोरोना भाइरसका कारण १९ जनाको मृत्यु भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi