neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा थपिए १०१७ संक्रमित

काठमाडौं उपत्यकामा थपिए १०१७ संक्रमित

Oct 6th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २० असोज

काठमाडौंमा उपत्यकामा थप १०१७ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १०१७ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका ७८३ जना, ललितपुरका ११८ र भक्तपुरका ११६ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि सोमबार उपत्यकामा १ हजार ५३१ सङ्क्रमित थपिएका थिए।

नेपालमा मंगलबार थप १५५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ९० हजार ८१४ पुगेको छ । पछिल्लो २४ घण्टामा २३४० जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ६७ हजार ५४२ पुगेको छ । हालसम्म १० लाख ९९ हजार २७६ जनाको पीसीआर परीक्षण गरिएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi