neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कुहिएका कीरा र मुसाजस्तो वस्तु भेटिएपछि ‘अमृत सूर्यमुखी’ तेल बिक्रीवितरणमा रोक

कुहिएका कीरा र मुसाजस्तो वस्तु भेटिएपछि ‘अमृत सूर्यमुखी’ तेल बिक्रीवितरणमा रोक

Oct 5th, 2020

सिन्धुपाल्चोक, १९ असोज /रासस

अमृत सूर्यमुखी तेलमा कुहिएको कीरा र मुसाजस्तो वस्तु भेटिएको छ । त्रिवेणी गु्रपको अन्नपूर्ण भेजिटेबल प्रालि, लिपनीमाल ७ बारामा बनेको तेलको प्याकेटमा यस्तो वस्तु भेटिएको हो ।

तेलको प्याकेटमा कुहिएका कीरा र मुसाजस्तो वस्तु भेटिएपछि मेलम्ची नगरपलिकाले बिक्रीवितरणमा रोक लगाएको छ । आइतबार एक स्थानीयवासी तेलको प्याकेटसहित उपस्थित भएपछि नगरपालिकाले थप छानबिन गर्नका लागि बिक्रीमा रोक लगाएको उपप्रमुख भगवती नेपालले जानकारी दिनुभयो।

aadharbhumi
aadharbhumi
aadharbhumi