neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ललितपुर महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठ कोरोनामुक्त

ललितपुर महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठ कोरोनामुक्त

Oct 5th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १९ असोज

ललितपुर महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका छन् । मेयर श्रेष्ठ २२ दिनपछि कोराना संक्रमणमुक्त भएका हुन्। मेयर श्रेष्ठलाई गत भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएको छ ।

मेयर श्रेष्ठले आफ्नो फेसबुक वाल मार्फत आफू कोरोना भाइरस संक्रमणमुक्त भएको जानकारी दिएका हुन् ।

पछिल्लो पटक गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि २२ दिनपछि सोमबार उनी संक्रमणमुक्त भएका हुन् ।मेयर श्रेष्ठकी श्रीमती अन्जिका श्रेष्ठ गत शुक्रबार १९ औं दिनमा कोरोना संक्रमणमुक्त भएकी थिइन।

संक्रमित भएपछिको जटिल स्वास्थ्यका बीच निरन्तर उपचार, निगरानी र हेरचाहमा संलग्न किस्ट शिक्षण अस्पतालका चिकित्सकहरुलाई मेयर श्रेष्ठले धन्यवाद दिएका छन् । साथै मेयर श्रेष्ठले आफ्नो स्वास्थ्यको विशेष चासो राख्नुहुने शुभेच्छुक एवं नगरबासीहरुप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi