neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न

कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न

Oct 5th, 2020

काठमाडौ, असोज १९

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सोमबार आयोजित एक कार्यक्रम बीच महानगरीय विमान स्थाल सुरक्षा कार्यालयका प्रमुख, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, महानगरीय अपराध महाशाखाका प्रमुख, महानगरीय प्रहरी परिसर, काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुखहरूसँग कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरेकाछन ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक पोखरेलले उक्त कार्यसम्पादन सम्झौताको उद्देश्य र लक्ष्यबारे जानकारी दिनुहुदै श्रद्देय संगठन प्रमुखबाट महानगरीय प्रहरी प्रमुखसँग भएको कार्यसम्पादन सम्झौता र उपत्यकाको कार्यशैली अनुसार रहेको जानकारी दिंदै कोभिड १९ विश्वव्यापी महामारीको बिषम परिस्थितीमा उपत्यकाको शान्ति सुरक्षा कायम गरेकोमा गर्व महसुज भएको बताउँदै यस कार्यसम्पादन सम्झौताले महानगरीय प्रहरीलाई पद्धतिगत रुपमा अग्रगमनमा लैजान सहयोगी हुने विश्वास उनले व्यक्त गरे ।

प्रहरी कर्मचारीले कार्यसम्पादनको क्रममा पवित्र, विवेकशील भई अगाडि बढ्नुपर्ने उल्लेख गर्दै सधैँजसो आम नागरिकको चासो र सरोकारको विषय बन्ने गरेको प्रहरी सेवा रणनीतिक, योजनाबद्ध, निरन्तर र परिणाममुखी हुनुपर्नेमा उनले जोड दिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi