neapl investment mega bank
  • गृहपृष्ठ
  • टिभिएसको मोटरसाइकल दराजमा किन्ने पहिलो २० जनालाई थप ५५०० छुट

टिभिएसको मोटरसाइकल दराजमा किन्ने पहिलो २० जनालाई थप ५५०० छुट

Oct 5th, 2020

काठमाडौ, असोज १९

जगदम्बा मोटर्स र दराज एपबीच व्यवसायीक सम्झौँता भएको छ । यीदुई कम्पनीबीच भएको सम्झौँताले दराज एपबाट टिभिएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई प्रत्यक्ष फाइदा पुग्ने छ ।

दुबै कम्पनीले गरेको सम्झौताले दराज एपबाट टिभिएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने सुरुवाती २० जनाले ५ हजार ५०० रुपैयाँ बराबरको स्पेशल डिस्काउन्ट भौचर प्राप्त गर्न सक्नेछन् । यसका साथै बम्पर उपहारमा दराज एपबाट मोटरसाइकल तथा स्कुटर खरिद गर्ने मध्य एक जनाले टिभिएस आरटीआर १६० फोर भी सिंगल डिस्क मोटरसाइकल जित्न सक्ने छन् । जगदम्बा मोटर्स प्रालि र दराजएपबीच भएको सम्झौता आज अक्टोबर ५ देखि अक्टोबर १४ तारिखसम्म ‘दराज दशैं धमाका’ नामक स्कीममा टिभिएसका मोटरसाइकल खरिद गर्ने ग्राहकले यस्तो छुट प्राप्त गर्न सक्नेछन् ।

यस योजनाका बारेमा बोल्दै जगदम्बा मोर्टस प्रालिका भाइस प्रेसिडेन्ट दिपककुमार अग्रावालले भन्नुभयो, ‘हामी जगदम्बा मोटर्स सधै ग्राहकलाई केही न केही नयाँ दिने प्रयासमा हुने छौं । दशैं नजिकिएको छ, कोभिड १९ को असर लगायतका विषयम परिस्थितिसँग हामी जुधिरहेका छौं । यस्तो अवस्थामा पनि ग्राहकलाई केही थप सुविधा दिन हामीले दराजसँग मिलेर नयाँ स्कीम ल्याएका हौं । यस स्कीममा दराजबाट मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई थप सुविधा घोषणा गर्न पाउँदा हामी निकै खुसी र उत्साहित छौं ।’ कम्पनीले संचालन गरेको ‘टिभिएस दशैंको आशा’ योजना अन्तर्गत दिइएको मोटरसाइकलमा ९ हजार छुट र स्कुटरमा ७ हजार छुटको स्कीम ग्राहकले दराजमा पनि पाउने छन् ।

साथै, कम्पनीले हरेक हप्ता गर्दै आएको बम्पर लक्की ड्र मार्फत टिभिएस आरआर ३१० मोटरसाइकल जित्ने अवशर पनि प्राप्त गर्नेछन् । यस लक्की ड्रमा सहभागिता जनाउनभने टिभिएको मोटरसाइकल तथा स्कुटर किनेकै हुनुपर्ने छैन । मोटरसाइक लतथा स्कुटर खरिद नगर्ने मानिसले पनि टिभियस नेपालको वेभसाईटमा गएर फारम भर्न सक्नेछन । जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १०० भन्दा बढी सेल्स सर्भिस र स्पेर्स डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।
कम्पनीले ११० देखि ३१० सीसीसम्मका गुणस्तरीय उत्पादनहरु राडियन, स्ट्राइकर, म्याक्स १२५, अपाचे आर टि आर १६०, अपाचे आरटीआर १६० फोर भी, अपाचे आरटिआर २००४ भी, अपाचे आरआर ३१०, एन्टर्क १२५, वेगो र जुपिटर क्लासिक लगायतका मोडलहरु बिक्री वितरण गर्दै आएको छ ।

टिभिएस आफ्ना ग्राहकलाई बिक्री पछिको सेवाको लागि सुनिश्चितता दिलाउन चाहन्छ । हामीले बिक्री पश्चातको सेवा व्यापक बनाउन देशभरमा सर्भिस सेन्टरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धता गराउँदै आएका छौं । उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण नै आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बन्न सफल भएको छ ।