neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • वीपी विचार राष्ट्रिय समाजको केन्द्रिय कार्यसमितीको समिक्षा बैठक सम्पन्न

वीपी विचार राष्ट्रिय समाजको केन्द्रिय कार्यसमितीको समिक्षा बैठक सम्पन्न

Oct 5th, 2020

काठमाडौ, असोज १९

वीपी विचार राष्ट्रिय समाजको केन्द्रिय कार्यसमितीको समिक्षा जुम बैठक केवी गुरुङ्गको सभापत्तित्वमा असोज १८ गते भयो । उक्त बैठकमा मन्तव्य दिदै क्रमशः गोविन्दराज जोशी, विनयध्वज चन्द, लक्ष्मण घिमिरे,रेवती भूषाल, भेषप्रसाद धमला, राजन पन्त, खेमराज सेँढाई,विश्वराज अर्याल, बलराम पौडेल, दीपक लोहनी, लोकेश ढकाल, चिनु पोख्रेल, चुन्नीशरण यादव, हरिदर्शन श्रेष्ठ, गीता रेग्मी, भोजराज रेग्मी,वासुदेव खनाल, कविराज न्यौपाने, प्रमोद रिमाल ,वजरंग शाह ,सुवास लोहनी आदि नेतृत्व वर्गले महामानव वीपी कोईरालाको १०७ औं जन्म जयन्ती “वर्तमान राजनितीक परिपेक्षमा वीपी विचारको सान्र्दभिकता ” बिषयक गोष्ठी भदौ २२ गते देखी असोज १५ गते सम्म जुम मार्फत प्रदेश नं १ देखी प्रदेश नं ७ सम्म भएको बैठक अत्यन्तै सान्र्दभिक र सफल भएको विचार व्यक्त गरे ।

कार्यक्रमका विशेष वक्ता डा. भिमार्जुन आचार्य, प्रा.डा.भेषराज धमला, प्रा.डा.बलराम पौडेल, डा.सूर्य ढुङगेल, राजेन्द्र दाहाल, डा.दिनेश भटराई, प्रा.डा. रामचन्द्र पोख्रेल, प्रा.डा बुद्धवहादुर थापा, प्रा.डा बद्री नारायण गौतम ,प्रा.डा महेन्द्र मल्ल, गणेश मल्ल र लिलाराम ओली तथा सूचना, प्राविधि विज्ञ दीपकराज जोशीलाई धन्यवाद दिदै, वीपी विचार राष्ट्रिय समाजले वीपीको “समाजवादी आर्थिकनिती र भूमि सम्बन्धी निती”, परराष्ट्र निती तथा वीपीको सिद्धान्त र विचारमा भएका विचलन”का बारेमा विज्ञहरुमार्फत पुस्तक तयार पार्ने वीपी विचार राष्ट्रिय समाजको केन्द्रिय कार्यसमितीको समिक्षा बैठक बाट निर्णय गरियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi