neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • उपत्यकामा १२ सहित १९ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु ,मृत्यु हुनेको सङ्ख्या ५५४ पुग्यो

उपत्यकामा १२ सहित १९ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु ,मृत्यु हुनेको सङ्ख्या ५५४ पुग्यो

Oct 5th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १९ असोज

नेपालमा कोरोना सङ्क्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा ५ महिला र १४ पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये काठमाडौँकी ३ महिला,पर्सा र गोर्खाकी एक/एक महिला र पुरूषमा सुनसरी ,चितवन र नवलपरासीका एक/एक पुरूष,सर्लाहीका २ पुरुष,काठमाडौंका ६ पुरुष र ललितपुरका ३ पुरुष रहेका छन्।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ५५४ पुगेको छ । यसअघि आइतबार कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi