neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा थपिए १ हजार ५३१ संक्रमित

काठमाडौं उपत्यकामा थपिए १ हजार ५३१ संक्रमित

Oct 5th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १९ असोज

काठमाडौंमा उपत्यकामा थप १५३१ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १५३१ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका ११७८ जना, ललितपुरका २५० र भक्तपुरका १०३ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि आइतबार उपत्यकामा १ हजार ५९९ सङ्क्रमित थपिएका थिए।

नेपालमा आइतबार थप २ हजार ४४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ८९ हजार २६३ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार १३३ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ६५ हजार २०२ पुगेको छ । हालसम्म १० लाख ८८ हजार २२९ जनाको पीसीआर परीक्षण गरिएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi