neapl investment mega bank
  • गृहपृष्ठ
  • भारतमा कोरोना संक्रमित ६६ लाख नाघे, एक लाख २ हजार बढीको मृत्यु

भारतमा कोरोना संक्रमित ६६ लाख नाघे, एक लाख २ हजार बढीको मृत्यु

Oct 5th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, १९ असोज

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ६६ लाख २३ हजार भन्दा बढी पुगेको छ । स्रोतको अनुसार कुल सङ्क्रमितको संख्या ६६ लाख २३ हजार ८१५ पुगेको हो । ती मध्ये ७४ हजार ४४२ जना पछिल्लो २४ घण्टामा थपिएका छन् ।

कुल सङ्क्रमित मध्ये ९ लाख ३४ हजार ३९८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यस बाहेक ५५ लाख ८६ हजार ७०३ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म १ लाख २ हजार ७१४ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको छ । ती मध्ये नौ सय जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ७६ लाख ३६ हजार ९१२ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख १४ हजार ६११ पुगेको छ ।