neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • दक्षिण सुडानमा तैनाथ एचआरसीको अदली बदली

दक्षिण सुडानमा तैनाथ एचआरसीको अदली बदली

Oct 5th, 2020

काठमाडौ, असोज १९

नेपाली सेनाले दक्षिण सुडानमा तैनाथ हाई रेडिनेस कम्पनी (एचआरसी) को अदली बदली गरेको छ । सेनाका अनुसार दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्र संघ मिशनको एचआरसीको नियमित अदली बदलीको क्रममा असोज १९ गते अर्थात आज सोमबार पहिलो डफ्फाका ७८ जना नेपाली शान्ति सैनिक, मिशन ईलाका तर्फ प्रस्थान गरेका छन् ।

कोभिड १९ महामारीका दौरान पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरीएको यो अदली बदलीमा सम्पुर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको सेनाले जनाएको छ । सेनाका अनुसार दक्षिण सुडानबाट फर्कने शान्ति सैनिकहरु असोज २० गते अर्थात मंगलबार नेपाल आईपुग्ने योजना रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi