neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ट्राफिक महाशाखाको संयुक्त मेस भवनको उद्घाटन सँगै नयाँ सफ्ट्वयर पनि शुरु”

ट्राफिक महाशाखाको संयुक्त मेस भवनको उद्घाटन सँगै नयाँ सफ्ट्वयर पनि शुरु”

Oct 4th, 2020

काठमाडौ, असोज १८

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा प्रहरी अधिकृत तथा जवान संयुक्त मेस भवन तथा हराएको, चोरी भएको वा फेला परेको सवारी साधनको अभिलेख व्यवस्थापनको लागि लस एण्ड फाउन्ड भेहिकल रेर्कड सिस्टम सफ्टवेयरको एक कार्यक्रमका बीच महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले आज उद्घाटन गरेकाछन ।

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले विशेष परिस्थितीमा पनि उच्च जोखिममा रहेर अहोरात्र सडकमा खटिरहेका ट्राफिक प्रहरीको उच्च प्रशंसा गर्दे आगामी दिनमा पनि यसरी नै आफ्नो जिम्मेवारीलाई वहन गर्न आग्रह गरे । उनले ट्राफिक प्रहरी नेपाल सरकारको आईकन भएकोले आफ्नो कमिकमजोरी र गलत व्यवहारहरू परिवर्तन गरी कसैको अगाडी शिर नझुकाई निश्पक्ष भई काम गरेर असल राष्ट्रसेवक बन्न निर्देशन दिए । सुधारिएको मेस भवनबाट गुणस्तरीय खाना उपलब्ध हुदाँ २४ सै घण्टा खटिने ट्राफिक प्रहरीको मनोवल थप उच्च हुने र जनतालाई दिने सेवा प्रवाहमा अझ बढी स्तरियता र प्रभावकारीता हुने विश्वास लिए ।

सोही कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले धन्यवाद ज्ञापन गर्नुहुदै तालुक कार्यालयबाट भएका नीति निर्देशनलाई अक्षरशः पालना गर्दै काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप चुस्त दुरुस्त बनाउन दत्तचित्त भएर लाग्ने प्रतिबद्दता गर्नुभयो । उक्त भवन रु. १३ लाख ५१ हजार ८०९ मा सम्पन्न भएको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi